पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको कोरोना सङ्क्रमणबाट निधन


ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।

बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए।

झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया