भारतमा महिनादिन यताकै न्यून संक्रमित, ३३८२ जनाको मृत्यु


काठमाडौं – पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गएको भारतमा गत २४ घन्टामा १ लाख २१ हजार संक्रमित थपिएका छन् । उक्त संख्या गत १ महिनामा देखिएको सबैभन्दा कम संक्रमितको संख्या रहेको छ ।  त्यसअघि भारतमा गत जुन ६ तारिखका दिन १ लाख १५ हजार २६९ जना नयाँ संक्रमित देखिएका थिए ।

पछिल्लो तथ्यांकअनुसार भारतमा गत २४ घन्टामा थपिएका १ लाख २१ हजार ४ सय ७६ संक्रमितसँगै हालसम्म संक्रमित हुनेको संख्या २ करोड ८६ लाख ९३ हजार ८ सय ३५ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा ३३८२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार १ सय १ जना पुगेका छन् । भारतमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ करोड६७ लाख ८७ हजार १ सय ३० पुगेको छ ।

नेपालको छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा संक्रमित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सूचीमा तेस्रो स्थानमा रहेको छ । भारतमा भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने मृतक संख्यामा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया