उज्ज्वल थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्। मंगलबार साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खबरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

थापाको मंगलबार अपरान्ह ४ः२५ बजे मेडिसिटी अस्पतालमा उपचाररत थापाको निधन भएको हो।

प्रतिक्रिया