

सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशको छलफल

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च बारका पदाधिकारीबी छलफल चलिरहेको छ।
संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानन्यायाधीश राणाले दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि इजलासमा रहेका चार न्यायाधीशसँग सोमबार पनि छलफल गरेका थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर कानुन व्यवसायीहरुले इजलासमै प्रश्न उठाएका थिए ।

