चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने निर्णय अनिश्चित


काठमाडौं – एक साता अगाडि मन्त्रिपरिषद्वारा १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान गर्ने निर्णय अनिश्चित बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साता अघि १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुल्ने बताएका थिए । उक्त निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ ।

जेठ १४ मा मन्त्री ढकालले मन्त्रिपरिषद् बैठकबाट चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने निर्णय भएको सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया