

नेपालगञ्ज उपमहानगरका मेयर राणाले गरे राष्ट्रिय सभा उपनिर्वाचन बहिस्कार

काठमाडौं– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले राष्ट्रिय सभा उप निर्वाचन बहिस्कार गरेका छन्।
सोमबार लुम्बिनी प्रदेशमा भएको मतदानमा उनी सहभागी भएनन्। उनले कोरोना महामारीसँग जुध्ने समय भएको र अहिले चुनाव भन्दा पनि रोगविरुद्धको लडाई प्राथमिकता रहेको जनाएका छन्।
राणा राप्रपाबाट निर्वाचित मेयर हुन्। एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दिर्घनारायण पाण्डेय उम्मेदवार छन्।

