लुम्बिनी प्रदेशः राष्ट्रियसभा उपनिर्वाचनमा २३१ मत खस्यो


काठमाडौं – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि बिहान ९ बजेदेखि मतदान जारी छ। मतदान दिउँसो ३ बजेसम्म हुनेछ। आज नै नतिजा घोषणा हुनेछ।

बिहान ११ बजेसम्म २३१ मत खसेको छ। जसमध्य स्थानीय तहतर्फ १४९ मत खसेको छ। प्रदेशसभातर्फ ६८ मत खसेको छ। त्यस्तै कोभिड–१९ केन्द्रमा १४ मत खसेको छ ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दिर्घनारायण पाण्डे चुनावी मैदानमा छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ।

प्रदेशसभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउनेछन्। ।

प्रतिक्रिया