हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे छलफल हुँदै


काठमाडाैं – विश्वमा हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे विश्वका चार प्रभावशाली देशका नेताहरुबीच सम्मेलन हुने भएको छ ।

दक्षिण कोरियाले आयोजना गर्न लागेको अनलाइन सम्मेलनमा जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने समाचार संस्था एएनआइले जनाएको छ ।

यस्तै अमेरिका र चीनकातर्फबाट सम्बन्धित राष्ट्रपतिका जलवायु तथा वातावरण सम्बन्धी प्रतिनिधिहरु सहभागी हुनेछन् । आइतवार र सोमवार हुने सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ ।

जलवायु परिवर्तनका असरसँगै कोरोना महामारी र विश्वव्यापी कृत्रिम अक्सिजन माग बढिरहेका बेला यो सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हरित वृद्धि र विश्व लक्ष्यका लागि सहभागिता (पी फोर जी) विश्वभरि वातावरण तथा अर्थमैत्री दिगोवृद्धिका लागि सहयोग गर्ने उद्देश्यले बनाइएको अन्तर्राष्ट्रिय मञ्च हो । यसको पहिलो सम्मेलन सन् २०१८ मा डेनमार्कमा भएको थियो ।

प्रतिक्रिया