चीनले सहायता दिएको कोभिडविरुद्धको १० लाख खोप यसै साता आइपुग्ने निश्चित


काठमाडौं– चीन सरकारले उपलव्ध गराउने कोभिडविरुद्धको १० लाख डोज खोप यसै साता काठमाडौं आइपुग्ने भएको छ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार पर्सीसम्म तिब्बतबाट २ लाख र आगामी महिनाको २ तारिखसम्म ८ लाख खोप काठमाडौं आइपुग्ने भएको हो।

स्वास्थ्य पत्रकारले गरेको एउटा अन्तरक्र्रियाका क्रममा ज्ञवालीले उक्त जानकारी दिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिनसँग टेलिफोनमा कुराकानी भएपछि १० लाख डोज खोप नेपाललाई उपलब्ध गराउने चीन सरकारले घोषणा गरेको थियो।

प्रतिक्रिया