

घट्यो सुनको मूल्य, तोलाकाे कति?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ४ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

