

प्रधानमन्त्री ओलीले जनताको नाममा सम्बोधन गर्दै, स्वास्थ्य संकटकालको सम्भावना छ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट घोषणाको पूर्वसन्ध्यामा शुक्रबार जनताका नाममा सम्बोधन गर्ने भएका छन्।
कोभिड–१९ ले आक्रान्त भएको अवस्थामा बजेट आउनुपूर्व प्रधानमन्त्री ओलीको यो सम्बोधनलाई अर्थपूर्ण मानिएको छ। हालै मात्र स्वास्थ्य संकटकालसम्म लगाउन सक्नेगरी कोभिड १९ सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीको सम्बोधनलाई अनेक दृष्टिकोणमा हेरिएको छ।
अध्यादेशले कुनै पनि बेला स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने अधिकार दिएका कारण प्रधानमन्त्रीको सम्बोधनमा उक्त विषयको घोषणा हुनसक्ने अनुमान गरिएको छ।
यद्यपि बालुवाटारले भने उक्त विषयमा आधिकारिक पुष्टि गरेको छैन। स्रोतका अनुसार जनताका नाममा सम्बोधनको तयारी भए पनि अन्य विषयमा कुनै जानकारी दिइएको छैन।

