सुनको मुल्य तोलामा ७०० रुपैयाँले बढ्यो


काठमाडैँ – बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै भएर विक्ती मुल्य ९४ हजार २०० रुपैयाँ कायम भएको छ ।

यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया