

मालीमा नेताहरु थुनामा, राष्ट्रसंघीय महासचिवले गरे यस्तो आग्रह

संयुक्त राष्ट्रसंघ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मालीमा जारी रहेको सैनिक क्रियाकलापहरुप्रति निगरानीलाई कायमै राखिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ताले मंगलबार सो जानकारी गराएका हुन् । उनका अनुसार मालीको पछिल्लो अवस्थाका बारेमा राष्ट्रसंघीय महासचिव गुटेरसले निकै नजिकबाट नियालीरहेका छन् ।
मालीको सैनिक सरकारले पछिल्लो समयमा यहाँका नागरिक नेताहरुलाई थुनामा राखेको छ । तर उनीहरुको रिहाइ गर्नुपर्ने भन्दै पछिल्लो समयमा संयुक्त राष्ट्रसंघ र विश्वका अरु देशले पनि माग गरको छन् ।
महासचिवका प्रवक्ता स्टेफान डुजारिकले मालीको बारेमा महासचिव गुटरेसलाई राम्रोसम्ग ब्रिफ गरिएको छ र यस विषयमा उनलाई पूर्ण जानकारी रहेको बताए ।
त्यसैले महासचिव गुटरेसले मालीको सैनिक सरकारले यहाँका नागरिक आन्दोलनका नेताहरुलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई जतिसक्दो चाँडो रिहा गर्नुपर्ने माग गरे। मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पनि रहेको छ । सो मिसनमार्फत् महासचिव गुटरेशले धेरै कुरा जानकारीमा लिएको पनि उनका महासचिव डुजारिकले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

