

भारतमा डेढमहिना यताकै कम संक्रमित, गत २४ घन्टामा दुई लाखभन्दा कम थपिए

काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा डेढमहिना यताकै सबैभन्दा कम संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घन्टामा भारतमा १ लाख ९५ हजार ८ सय १५जना नयाँ संक्रमित थपिएको भारतमा उक्त संख्या अप्रिल १३ मा देखिएका संक्रमित संख्या भन्दा केही बढी हो ।
अप्रिल १३ मा भारतमा १ लाख ८५ हजार २ सय ४८ नयाँ संक्रमित देखिएका थिए । यससँगै भारतमा हालसम्म संक्रमित संख्या २ करोड ६९ लाख ४७ हजार ४ सय ९६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । भारतमा पछिल्ला दिनमा संक्रमित सँगै मृतकको संख्या पनि केही कम हुँदै गएको छ ।
हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ४९ पुगेको छ ।

