भारतमा दैनिक संक्रमित संख्या घट्दै, २ करोड ६५ लाख संक्रमित, मृतक ३ लाख नजिक


काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दैनिक घट्दै गइरहेको छ । दोस्रो लहरका क्रममा एकैदिन ४ लाख बढी संक्रमित थपिएको भारतमा पछिल्ला दिनमा केही घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा २ लाख ४३ हजार ७७७ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा हालसम्म २ करोड ६५ लाख २८ हजार ८ सय ४६ जना संक्रमित पुगेका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ८८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाबाट ज्यान  गुमाउनेको संख्या २ लाख ९९ हजार २ सय ९६ पुगेको छ ।

भारतमा हालसम्म २ करोड ३४ लाख १८ हजार ५ सय २३ जना कोरोनामुक्त भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा विश्वभर थप ५ लाख ६५ हजार ६ सय ३५ संक्रमित थपिएका छन् भने १० हजार ५ सय ५३ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाका कारण विश्वभर १६ करोड ७० लाख ३१ हजार २ सय ७४ संक्रमित पुगेका छन् भने ३४ लाख ६८ हजार ५३ जनाको मृत्यु भइसकेको छ । हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या १४ करोड ७९ लाख ८६ हजार ७ सय ८८ पुगेको छ भने अहिलेको अवस्थामा १ करोड ५५ लाख ७६ हजार ४ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया