पछिल्लो २४ घण्टामा ८,१७३ जना संक्रमित, २४६ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ८,१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७,९८९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया