मुम्बईको समुद्रमा जहाज डुबेपछि भेटिए १४ शव: १८४ को उद्धार, ७५ को खोजी जारी


मुम्बई – चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ ।

यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा विार ७१३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन् । नेवीका अनुसार हालसम्म १४ शव भेटिएका छन् र यो जहाजबाट १८४ जनाको उद्धार गरिएको छ ।

समुद्रमा फसेका चार जहाज, त्यसमा सवार मानिसहरुको स्थिति

जहाज यतिजना सवार यतिको उद्धार

बार्ज पी३०५ २७३ १८०

जीएएल कन्स्ट्रक्टर १३७ १३७

बार्ज एसएस–थ्री २०२ सबै सुरक्षित

सागर भूषण १०१ १०१

प्रतिक्रिया