लेस्टरमाथि चेल्सीको जित


काठमाडौं – इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१ले पराजित गरेको हो ।

खेलको ४७औँ मिनेटमा एन्टेनियो रुडिगरले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए । ६६औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि ७६औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै लेस्टरलाई २–१ को अवस्थामा ल्याएपनि चेल्सी विजयी भयो ।

जितसँगै चेल्सीले शीर्ष चारको दौडलाई बलियो बनाएको छ । चेल्सीको ३७ खेलबाट ६७ अंक छ । पराजित लेस्टरको समान खेलबाट ६६ अंक छ । गत शनिबार एफए कपको फाइनलमा चेल्सीले लेस्टरसँग हार भोगेको थियो ।

प्रतिक्रिया