

राजेन्द्र महतो जसपा संसदीय दलको नेता, सचिवालयमा दर्ता भएको पत्र यस्तो छ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो रहेको पत्र संसद सचिवालयमा मंगलबार दर्ता भएको छ।
अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति भएको ८ बुँदासहितका निर्णय सार्वजनिक भएकै दिन महतो संसदीय दलको नेता भएको पत्र दर्ता गरिएको छ।
अध्यक्ष ठाकुरले उक्त जानकारी पत्र पठाएका हुन्।

