चुनावमा पराजयसँगै ट्रम्पको वैवाहिक जीवन संकटमा


न्यूयोर्क(एजेन्सी)– अमेरिकी राष्ट्रपतिको चुनावमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भइसकेका छन् । उनको स्थानमा जो बाइडन नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । यद्यपि ट्रम्पले अझैंसम्म पनि आफ्नो पराजयलाई स्वीकारेका छैनन् । बाइडनको जीतको दाबीको झन्डै पाँच घण्टापछि उनले ट्वीटरमा चुनावमा धाँधली भएको आरोप नै लगाए । उनले यसपटकको चुनावमा आफूले नै जितेको र आफ्नो पक्षमा ७ करोड १० लाख वैद्य भोट मिलेको बताएका थिए । यही बीचमा ट्रम्पकी पत्नीले चुनाव हारेपछि ट्रम्पलाई छोड्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ ।

समाचार अनुसार मेलानिया ट्रम्पकी पूर्व सहयोगी स्टेफनी वोल्कोफले मेलानिया विवाहको समयमा गरिएको सम्झौतालाई लिएर ट्रम्पसँग कुराकानी गरिरहेकी छन् । जुन सम्झौतामा छोरा बैरनका साथ साथ ट्रम्पको पनि सम्पत्तिमा बराबरी हिस्सेदारीको  माग गरिएको छ । वोल्कोफले राष्ट्रपति निवास ह्वाइट हाउसमा ट्रम्प र मेलानियाँ अलग अलग बस्ने गरेको खुलासा गरेका छन् । उनले ट्रम्प र मेलानियाको विवाहलाई ट्रान्सजेक्सननल भनेका छन् ।

ट्रम्पका पूर्व राजनीतिक सहयोगी ओमारोसा मेनिगोल्ट न्यूमेनले ट्रम्प र मेलानियाको १५ वर्षे पुरानो वैवाहिक सम्बन्ध सकिएको दाबी गरेका छन् । उनका अनुसार अहिले मेलानिया हरेक मिनेटलाई गनिरहेकी छन् । उनले ट्रम्प ह्वाइट हाउस बाहिर आउनासाथ मेलानिया डिभोर्स दिने तयारीमा रहेको दाबी गरेका छन् । मेलानिया ट्रम्पसँग बदला लिनका लागि अन्य बाटो पनि खोजिरहेकी छन् ।

हालैको एक अन्तरवार्तामा मेलानियाले ट्रम्पसँग आफ्नो महान सम्बन्ध रहेको बताएकी थिइन् । उनले ट्रम्पको तारिफ गर्दै कुनै कुरामा आफूसँग बहस गर्ने समय उनमा नरहेको बताएकी थिइन् । ट्रम्प र मेलानियाको प्रेमकथा सन् १९९८ बाट शुरु भएको हो । त्यो समयमा डोनाल्ड ५२ वर्षका थिए भने मेलानिया २८ वर्षको थिइन् । त्यो समयमा न्यूयोर्कमा फेसन विक चलिरहेको थियो । त्यसपछि टाइम्स स्क्वायरको किटकेट क्लबमा एक पार्टीको आयोजना गरिएको थियो । यो पार्टीमा ट्रम्प र मेलानिया दुवै सहभागी थिए । यहाँ उनीहरु भेट भएपछि प्रेम अंकुराउन थालेको थियो । त्यसपछि ट्रम्पले सन् २००४ मा मेलानियालाई १ दशमलब ५ मिलियन डलरको हिराको औठी लगाइदिएर विवाहको लागि प्रस्ताव गरे । त्यसपछि उनीहरुले सन् २००५ जनवरी २२ मा विवाह गरे ।

प्रतिक्रिया