अज्ञात फोन आएपछि एक दिनअघि हिँड्दा मदन–आश्रित दुर्घटना भएको थियो (प्रतिवेदनको अंश)


काठमाडौं– नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनालाई अस्वभाविक र रहस्यमय मानिने गरिएको छ।

३ जेठ ०५० मा भएको दासढुंगा जीप दुर्घटनामा दुवै जनाको निधन भएको थियो। सोमबार दुवैको स्मृति दिवस हो। दुर्घटना हुनासाथ तत्कालिन समयमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन भएको थियो।

उक्त आयोगले घटनास्थलमा पुगेर विभिन्न पक्षसँग कुराकानीसहित दुर्घटना भएको ठाउँको अवलोकन गरी निष्कर्शमा भनेको थियो– यो दुर्घटना होइन, हत्या हो।

यसैक्रममा पार्टीमा बुझाईको प्रतिवेदनमा पोखरामा रहेका मदन र आश्रित चितवनको कार्यक्रमका लागि ४ जेठमा नै पुग्ने तय भएको थियो। तर अज्ञात व्यक्तिको फोन आएपछि दुवै जना ३ जेठमा नै पोखराबाट चितवनतिर लागेको प्रतिवेदनमा उल्लेख छ।

तर प्रतिवेदनले अज्ञात व्यक्ति को थिए भन्नेचाहिँ खुलाएको छैन। प्रतिवेदनका धेरै अंशहरु मध्येको यो महत्वपूर्ण अंश यस्तो छ।

प्रतिक्रिया