भारतमा चक्रवातले झन् तीव्र गति लिँदै, चार जनाको मृत्यु


काठमाडौं – अरब सागरमा विकसित भइ फैलिएको ‘ताउ ते’ चक्रवातका कारण भारतमा चार जनाको मृत्यु भएको छ। आइतवार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको हो ।

चक्रवातको असर कर्नाटका ७३ वटा गाउँमा परेको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् ।
साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ । भारतीय मौसम विभागले पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको बताएको छ ।

चक्रवातको प्रभाव नेपालमा पनि पर्ने :

अरब सागरमा विकसित भइ फैलिने चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । चक्रवातको प्रभावले नेपालका केहि स्थानहरुमा हावाहुरी र वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्।

मौसमविद् मीनकुमार अर्यालका अनुसार चक्रवातको असर नेपालमा भोलि ९सोमवार० बेलुका देखि देखिन्छ । खास गरि यसले देशको पश्चिम भूभागमा प्रभावित पार्ने उनको भनाइ रहेको छ ।

त्यसैगरी मंगलवार चक्रवातले देशैभरकै बदली गराउँने र वर्षको सम्भावना हुनसक्ने मौसमविद् अर्यालले लोकपथलाई जानकारी दिएका छन् । उक्त चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ । ‘ताउ ते’ को बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा हुने पूर्वानुमान गरिएको छ ।

चक्रवात भनेको के हो ?

मौसमविद् अर्यालका अनुसार सरल भाषमा चक्रवात भनेको सामृद्रिक आँधी हो । चक्रवातले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । यो एकदम शक्तीशाली हुन्छ ।

चक्रवात भनेको जहाँ वायुमण्डलीय चाप कम छ त्यहाँ धेरै कडा हावाहरू एक ठाउँमा जम्मा हुन्छ । तिनीहरू ठूलो घेरामा अघि बढ्छन् र आफैँ वरिपरि घुम्छन् । बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने गरिएको छ । ताउ ते नाम म्यानमारले राखेको नाम हो । एजेन्सी

प्रतिक्रिया