हेलिकोप्टरबाट गर्भवतीको उद्धार


सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मिता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए ।

उनका अनुसार गर्भवतीलाई ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत उद्धार गरी काठमाडौँको प्रसूति गृह अस्पताल, थापाथली लगिएको हो । दुईदिन देखि सुत्केरी ब्यथा लागेकी राईलाई माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि थप उचारका लागि पठाइएको हो ।

प्रतिक्रिया