सगरमाथा क्षेत्रमा मानव कंकाल फेला


काठमाडौं – सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ ।

सफा हिमाल अभियान-२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।

त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पु-याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ ।

 

प्रतिक्रिया