

इटहरीमा तरकारी र खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय (विज्ञप्तिसहित)

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका तरकारी र खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकमा इटहरी उपमहानगरपालिकाले एक पे्रस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढेकाले बुधबारदेखि जेठ ४ गतेसम्म अस्पताल र औषधिपसलबाहेक सम्पूर्ण पसल बन्द गर्ने जनाएको छ ।
बैठकले फलफूल र दूधडेरी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको नगर प्रमुख द्वारिकलाल चौधरीले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर जारी गरेको निषेधाज्ञा बुधबार राति सकिंदैछ ।
विज्ञप्तिसहित:

