कोरोनाको महामारीमा प्रतिष्ठानलाई अक्सिजनसहितको सिलिण्डर सहयोग


काठमाडौं – कोरोनाको महामारीको बेला अक्सिजन अभावले बिरामीको उपचारमा समस्या भएपछि नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बलिभद्र रानाले २५ वटा अक्सिजन सिलिन्डर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेका छन्।

रानासहित दाङ जिल्ला उवासंघका वाणिज्य उपाध्यक्ष रामप्रशाद पोखरेलले संयुक्त रुपमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झंकार लामिछानेलाई अक्सिजनसहितको सिलिण्डर सहयोग गरेका हुन्।

प्रदेश अध्यक्ष रानाको व्यक्तिगत पहल तथा खर्चमा अक्सिजनसहित सिलिन्डर किनेर दिएका हुन्। मुख्यमन्त्री शंकर पोखरेल र नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रशाद शर्माको बिशेष पहलमा व्यक्तिगत पैसा खर्च गरेर अक्सिजन सिलिन्डर प्रदान गरिएको अध्यक्ष रानाले बताए।

अक्सिजनसहित सिलिन्डर हस्तान्तरणपछि बोल्दै उपकुलपति प्रा.डा. भण्डारीले यो कोरोनाको महामारीमा प्रतिष्ठानमा भर्ना भएका कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनसहितको सिलिन्डरव्यक्तिगत खर्चमा सहयोग गरेकोमा व्यक्तिगत र संस्थागतरुपमा प्रतिष्ठानको तर्फबाट धन्यवाद दिए।

उनले बिषम परिस्थितिमा दाङमा उबासंघलगायत विभिन्न संघसंस्थाले सहयोग गरेर सम्झिएकोमा धन्यवाद दिए। सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सबिन प्रियासनसहितको सहभागिता रहेको थियो।

प्रतिक्रिया