पत्नीलाई सिलौटाले हिकाएर हत्या गरि प्रहरी चौकीमा आत्मसमर्पण गर्न पूगे पति


काठमाडौं – सर्लाहीको हरिवन नगरपालिका-११ मा डेरा गरेर बस्ने एकजना पुरुषले पत्नीको हत्या गरेर आत्मसमर्पण गरेका छन् ।

लालबन्दी नगरपालिकाको नवलपुर घर भएका ३५ वर्षीय विजयलाल कर्णले सामान्य विवाद हुँदा ३२ वर्षीय पत्नी उशादेवी कर्णलाई सिलौटाले हिकाएर हत्या गरेका हुन् ।

हत्यापछि उनले गएराती इलाका प्रहरी कार्यालय हरिवनमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया