बीपी प्रतिष्ठानमा उपचाररत थप ५ कोरोना संक्रमितको मृत्यु


सुनसरी – पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप ५ जना पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा। चुडामणी पोखरेलले दिएको जानकारी अनुसार कोरोना संक्रमित मृतकहरु सुनसरी, मोरङ र झापाका हुन् ।

सुनसरीको इटहरी–२ बस्ने ५८ वर्षीय, मोरङको विराटनगर–८ बस्ने ५६ वर्षीय, झापाको विर्तामोड –५ बस्ने ६२ वर्षीय, मोरङको ग्रामथान–५ बस्ने ५० वर्षीय र धरान–१६ बस्ने ४१ वर्षीय पुरुषको मृत्यु भएको डा पोख्रेलले बताए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु हुनेहरुको संख्या सोमबार १ सय ४२ जना पुगेको छ ।

 

प्रतिक्रिया