आत्तिए सभामुख सापकोटाः संसद अधिवेशन अन्त्य हुन सक्ने त्रासमा लिए यस्तो निर्णय


काठमाडौं– सभामुख अग्नी सापकोटाले संसद अधिवेशन एकै दिनमा अन्त्य गरिन सक्ने भएपछि आत्तिएका छन्। उनले प्रतिनिधि सभामा सोमबारका लागि बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई एकै दिनमा सक्नेगरी तयारी गरेका छन्।

आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा उनले उक्त प्रक्रिया सोमबार नै टुंगो लगाउने निर्णय गराएका छन्। सोमबार प्रक्रिया सुरु भई अर्को दिन लम्ब्याउँदा प्रतिनिधि सभाको अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गर्न सक्ने र राष्ट्रपतिले निर्णय गर्न सक्ने भएपछि सभामुख सापकोटाले यस्तो तयारी गरेका हुन्।

यसअघि पनि सभामुखलाई जानकारी नै नदिई सरकारको सिफारिसमा शीतल निवासबाट पटक–पटक अधिवेशन अन्त्य भएका कारण सापकोटाले चलाखी गरेका हुन्।

कोरोना संक्रमण पुष्टि भएका २६ सांसदलाई मतदानमा सहभागी गराउने तथा स्वाबको रिपोर्ट नआएकालाई पनि चाँडो आउनेगरी प्रक्रियालाई सोमबारसम्ममा सक्ने सभामुखको तयारी रहेको छ।

प्रतिक्रिया