

जेठ अन्तिम साता तय गरेको विवेकशील साझाको एकता महाधिवेशन स्थगित

काठमाडौं – विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ ।
कोरोना भाइरस महामारीका कारण उक्त पार्टीले एकता महाधिवेशन स्थगित गरेको हो ।
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।
तर शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले जेठमा महाधिवेशन गर्न नसिकने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
बैठकले परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गर्ने निर्णय गरेको छ ।

