

अक्सिजनसहितका स्वास्थ्य सामग्री लिन निगमको जहाज चीन जाने

काठमाडौं– चीनले अनुदानमा दिएको अक्सिजनलगायतका स्वास्थ्य सामग्री लिनका लागि नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाने भएको छ।
निगमको वायडबडी ए३३० जहाज सोमबार बेइजिङ जानेछ। उक्त जहाजमा अक्सिजनसहित भेन्टिलेटरसमेत ल्याउने बताइएको छ।
४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । सोमबार गएको जहाजले स्वास्थ्य सामग्री मंगलबार लिएर फर्किनेछ।

