कानुनमन्त्री शाहलाई काठमाडौं लगिँदै


धनगढी – सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री प्रकाश शाहलाई थप उपचारको लागि काठमाडौं लगिने भएको छ ।

मन्त्री शाहलाई १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो ।

नाकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका मन्त्री शाहको नाकबाट रगत बग्न रोकिएपछि बिहीबार डिस्चार्ज गरिए पनि डाक्टरको सल्लाहअनुसार उनलाई थप उपचारका लागि शुक्रबार नै काठमाडौं लगिने जनाइएको छ ।

प्रतिक्रिया