

विश्वमा एकैदिन ६ लाख बढीमा संक्रमण, अमेरिकामा संक्रमित संख्या करोड नजिक

काठमाडौं –विश्वमा एकै दिन संक्रमितको संख्या ६ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख १ हजार ९ सय ५८ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म विश्वमा ४ करोड ९० लाख ८ हजार २ सय ९३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जनाको मृत्यु भएसँगै हालसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ लाख ३८ हजार ८ सय १२ पुगेको छ ।
हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख १५ हजार ९ सय १४ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या ९९ लाख १७ हजार २ सय ३२ पुगेकोछ भने २ लाख ४० हजार ९ सय ४६ को मृत्यु भइसकेको छ ।
त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ८४ लाख ११ हजार ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख २५ हजार २९ जनाको मृत्यु भइसकेकोछ ।
हालसम्म विश्वमा ३ करोड ४९ लाख ७४ हजार ९ सय २० जना कोरोनामुक्त भइसकेका छन् ।

