

अमेरिकामा अब बालबालिकालाई पनि कोरोना भ्याक्सिन

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले अब नयाँ भ्याक्सिनको लक्ष्य भनेको बालबालिका भएको बताएका छन् ।
उनले कोभिड १९ भ्याक्सिन अब अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि दिइने बताएका हुन् ।यसका लागि उनले फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने बताएका छन् ।
अर्को साताको अन्त्यबाट यो प्रयोगमा आउन सक्ने पनि उनले बताएका छन् । एक नयाँ रिसर्चमा अहिले अमेरिकामा कोरोना संक्रमितमध्ये २२ प्रतिशत बालबालिका भएको बताइएको छ । यो अघिल्लो वर्षको भन्दा ३ प्रतिशतले बढी हो ।
अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज लिइसकेका छन् । राष्ट्रपति बाइडेनले अब ४ जुलाइसम्म ७० प्रतिशत अमेरिकालाई भ्याक्सिन दिइने पनि बताएका छन् । एजेन्सी

