विशेष अधिवेशनको पूर्वसन्ध्यामा सबै सांसदको पीसीआर परिक्षण


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको विशेष अधिवेशनको पूर्वसन्ध्यामा सबै सांसदहरुको कोरोना परिक्षण गरिने भएको छ । त्यसका लागि आगामी वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको हो ।

संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

 

प्रतिक्रिया