

नर्भिकको बेडमा पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको विवाह बर्षगाँठ

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह नर्भिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)सँग लडिरहेका छन्।
कोमललाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। ज्ञानेन्द्रलाई भने अक्सिजन दिएर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ। दुवैको स्वास्थ्यमा स्थिरताको क्रम रहेको पनि बताइएको छ।
गत बर्ष निर्मलनिवासमा उल्लासका साथ विवाह बर्षगाँठ मनाएका उनीहरू आजका दिनमा भने नर्भिकको बेडमा रहेका छन्। दुवैबीच विवाहको आज ५१ औं बर्ष पूरा भएको छ।
गत बर्ष ५० औं बर्ष पूरा भएको अवसरमा आम नेपालीलाई धन्यवाद ज्ञापन गरेका उनीहरू यस पटक भने कोरोनासँग लडिरहेका छन्। ‘दुई आत्माको मिलन र प्रेमबन्धनको प्रारुप विवाह हुन्छ’, दुवैले ठान्ने गरेका छन्।
यसैबीच कोरोनासँग लडिरहेकी पूर्वरानी कोमलको अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले जनाएको छ।

