दक्षिण कोरियाका राष्ट्रपतिलाई दोस्रो खोप


सोल – दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाएका छन् ।
राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उनले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाएका हुन् ।

उनले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाएका थिए । अमेरिकाको भ्रमणमा निस्कनु अघि उनले दोस्रो मात्रा लगाएर खोपको मात्रा पुरा गरेका हुन्।

राष्ट्रपति मुनको जनसञ्चार सम्बन्धी वरिष्ठ सचिव चाङ मान होले पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा पनि यस बारेमा जानकारी दिएका थिए ।

उनका अनुसार राष्ट्रपति मुन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेगरी अमेरिका जान लागेका छन् ।

प्रतिक्रिया