कोरोना भाइरस नेपालः २४ घन्टामा ३५ को मृत्यु
उपत्यकामा १५६१ सहित देशभर ४९२९ नयाँ संक्रमित फेला
काठमाडौं– २४ घन्टामा देशभर कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ। एक दिनमा मृत्यु हुनेमा यसपटक अहिलेसम्मकै उच्च तथ्यांक स्वास्थ्य मन्त्रालयले सुनाएको छ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३२४६ पुगेको छ ।
नयाँ संक्रमित भने ४९२९ छन्। मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन्।
राजधानीमा तीन जिल्लामा मात्रै १५६१ जना नयाँ संक्रमित फेला परेका छन्। काठमाडौंमा ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।