

२५.८२ अंक बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

काठमाडौं – कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक २५.८२ अंक बढेर २६११.१० विन्दुमा पुगेर कारोबार बन्द भएको छ । यो दिन नेप्से परिसुचक २५९८ विन्दुसम्म झरेको थियो ।
आज ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर कारोबार भएको छ । २१७ ओटा कम्पनीको ५० हजार ६७३ कित्ता शेयर किन बेच भएको थियो ।
आज एनसीसी बैंकले सार्वधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ । उक्त कम्पनीको रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू। ३५२ कायम भएको छ ।

