निर्वाचनमा खटिएका ५७७ शिक्षकको कोरोनाबाट मृत्यु (सूचीसहित)


लखनउ – भारतको उत्तरप्रदेशस्थित लखनउमा पञ्चायन चुनावमा खटिएका ५७७ जना शिक्षकको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।

राज्य शिक्षक संगठनले उत्तरप्रदेश निर्वाचन आयोगलाई निर्वाचनमा खटिएपछि कोरोनाका कारण ज्यान गुमाएका आप्mना ५७७ शिक्षक कर्मचारीको नामावली पेश गरेको छ । संगठनले मृतकहरुको नाम लिस्ट बुझाउँदै आगामी मे २ मा हुने मतगणनालाई रोक्न माग गरेको छ ।

उत्तर प्रदेश शिक्षक महासंघका अध्यक्ष दिनेशचन्द्र शर्माले राज्यका ७१ जिल्लामा सम्पन्न पञ्चायत निर्वाचनमा खटिएका ५७७ शिक्षकहरुको मृत्यु भएको दाबी गरेका छन् । संगठनले त्यसको जानकारी सरकार र सबै डीएम, एसपी र जिल्ला निर्वाचन अधिकारीलाई दिइसकेको पनि जनाएको छ ।

यसअघि निर्वाचनमा खटिएका १३५ प्रहरी अधिकारीहरुको पनि मृत्यु भएको समाचार छापिएको थियो ।

प्रतिक्रिया