कैलालीमा एकघन्टाकै बीच ३ संक्रमितको मृत्यु, दोस्रो लहरपछि ११ जनाले ज्यान गुमाए


कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहान ५४ मिनेटको अवधिमा ३ संक्रमितको मृत्यु भएको हो ।

११ बजे लम्की चुहा नगरपालिका– २ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमण मृत्यु भएको हो । उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।

त्यस्तै ११ बजेनै कैलालीका गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

त्यस्तै ११ः ४५ मा घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।  बुधवार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियुमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो ।

आज बिहान पनि धनगढी उपमहानगरपालिका –३ कि ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

दोस्रो लहरपछि सेतीमा उपचाररत ११ संक्रमितको मृत्यु भएको छ । हाल सम्म ४३ संक्रमितको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया