एमालेको अवरोधपछि अर्को सूचना नभएसम्म कर्णाली प्रदेशसभा बैठक स्थगित


सुर्खेत – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ ।

वैठकको सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने बताए ।

एमालेका सांसदको अवरोधपछि सभामुख राजबहादुर शाहीले पटक-पटक बैठक सञ्चालनका लागि दलीय सहमतिका लागि आग्रह गरे । तर, सभामुखको आग्रह नमाने पछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया