पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई अक्सिजन सपोर्टमा उपचार


काठमाडौं – कोरोना संक्रमणपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ ।

कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते अस्पताल भर्ना भएका थिए ।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।

 

प्रतिक्रिया