दाङमा झाडापखालाबाट दिदीबहिनीको मृत्यु


दाङ – दाङमा एकैदिन दुई जनाको झाडापखालाका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। झाडापखालाबाट मृत्यु हुने दिदीबहिनी हुन्।

राजपुर गाउँपालिका–६ की ११ वर्षीया रिता र १३ वर्षीया विनिता बुढाको एकै दिन मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टलेले प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण एकैदिन मृत्यु भएको बताए।

शनिबार बेलुका स्थानीय खोलाबाट माछा मारी पकाएर खाएपछि उनीहरूलाई पखाला सुरू भएको र उपचारका क्रममा दुई दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले दुवै दिदीबहिनीको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया