

चीनमा विश्वकै ठूलो जनगणना अभियान

बेइजिङ(एजेन्सी)– कोरोना महामारीका कारण विश्वका प्रायः सबै देशको नियमित कामकाज ठप्प झैं छ । तर कोरोना महामारीबाट उत्रिएको चीन भने विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान चलाइरहेको छ । जनसख्ंयाको हिसाबले विश्वकै सबैभन्दा ठूलो देशमा चीनमा यो ७औं जनगणना हो । जसमा एक अर्बभन्दा अधिक मानिसहरु सहभागी हुँदैछन् । जनगणनामा घर–घर गएर नाम, आइडी नम्बर, लिंग, वैवाहिक स्थिति, शिक्षा र व्यवसायको बारेमा जानकारी जुटाइनेछ । चीनमा हरेक १० वर्षमा जनगणना गरिन्छ ।
जनगणनाको समयमा ७० लाख कर्मचारीहरु घर–घर गएर मानिसहरुको बारेमा जानकारी लिइरहेका छन् । यो अभियानमा क्रममा मानिसहरुलाई कर्मचारीहरुले ‘के उनीहरुका कोही सदस्य हङकङ या ताइवानमा पनि बस्छन्’ भनेर सोधिरहेका छन् । यो सर्वेक्षणको परिणाम आगामी अप्रिलमा सार्वजनिक हुनेछ । सन् २०१० को तुलनामा यसपटक जनगणनामा केही बद्लाव पनि ल्याइएको छ ।
कोरोना संक्रमणको कारण यसपटकको जनगणना पूर्ण रुपमा डिजिटलाइज गरिएको छ । कलम र कागजको स्थानमा जनगणकलाई स्मार्टफोन र ट्याबलेट दिइएको छ । एक महिना भन्दा बढी समयसम्म चल्ने जनगणना डिसेम्बर १० मा समाप्त हुनेछ । सन् २०१० को जनगणना केवल १० दिनमै सकिएको थियो । यसपटक अघिल्लो जनगणनाको तुलनामा प्रश्नको संख्या बढाएर १९ पुर्याइएको छ ।
यो सर्वेमा पहिलोपटक परिचय पत्रको संख्याबाट मानिसको जानकारी इलेक्ट्रिक रुपले एकत्रित गरिनेछ । अधिकारीहरुले परिचय पत्रको निश्चिततालाई सुनिश्चित गर्नका लागि यसलाई प्रहरी, स्वास्थ्य संस्था र अन्य अधिकारीहरुका दर्ता गरिएको आँकडाका साथ विवरणलाई मिलान गरिनेछ । मानिसहरुको जानकारी पूर्ण रुपले गोपनिय राखिनेछ र कुनै पनि उद्देश्यका लागि यसको प्रयोग गरिने छैन ।
यसपटक मानिसहरुले हङकङ, मकाऊ र ताइवानमा रहेका परिवारका सदस्यको संख्याको बारेमा पनि जानकारी दिनुपर्नेछ । परिवारका ती सदस्यमाथि अन्य कुनै विवरण सोधिनेछैन । यो लामो प्रश्नावलीमा मानिसहरुले मासिक रुपमा तिर्ने भाडाको रकम पनि राखिनेछ । जनगणनामा पहिलोपटक सर्वसाधारणलाई के तपाईं कारको मालिक हो भनेर पनि सोधिनेछ ।

