कारागारकै कर्मचारीले कार्यालयमा किन गरे आत्महत्या?


काठमाडौँ – गुल्मी कारागारका एक कर्मचारीले झुण्डिएर आत्महत्या गरेका छन् ।

कारागारमा कार्यरत कार्यालय सहयोगी रेसुङ्गा नगरपालिका-१० सिमीचौर बस्ने ४४ वर्षीय गोविन्दप्रसाद पाण्डेले झुण्डिएर आत्महत्या गरेको कारागार स्रोतले जानकारी दिएको छ ।

पाण्डे मङ्गलवार बिहान मृत फेला परेका हुन्। मृतकले अफिसकै कोठामा झुण्डिएर आत्महत्या गरेको कारागार स्रोतको भनाइ छ । उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गुल्मीमा लगिएको छ।

यसअघि पनि उनले विष सेवन गरी आत्महत्याको प्रयास गरेको बताइएको छ । पाण्डे ६० सालदेखि करारमा कार्यरत रहेको बुझिएको छ । उनी गत चैत ३० गते मात्रै घर गएर काममा फर्किएका थिए। मृतक पाण्डेका एक छोरा र दुई छोरी छन्।

प्रतिक्रिया