
मन्त्रीपरिषद बैठक बस्दै
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् ।
बालेनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा ३ बजेका लागि उक्त बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।
सोही सन्दर्भमा प्रधानमन्त्री बालेनले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको जनाइएको छ ।



कागजपत्र |
