
सङ्घीय संसद्का चार समितिको बैठक बस्दै
काठमाडौं – सङ्घीय संसद्का चारवटा विषयगत समितिको बैठक आज बस्दैछ।
सङ्घीय संसद् सचिवालय अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ। सो बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने कार्यसूची छ।
सोही समय अर्थात् बिहान ११ः०० बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने साइबर सुरक्षाका विषयमा छलफल हुनेछ।
यस्तै अपराह्न १ः०० बजे अर्थ समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ। अपराह्न २ः०० बजे बस्ने लेखा समितिको बैठकमा भने समितिमा परेका उजुरीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।



कागजपत्र |
