
रास्वपा महाधिवेशनमा भाँडभैलो, १३ सय ५२ प्रतिनिधिले गरे मत बहिष्कार
काठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा २९ सय ५९ मत मात्रै खसेको छ ।
जम्मा चार हजार तीन सय ११ प्रतिनिधि सहभागी भएको यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि १३ सय ५२ प्रतिनिधिहरू मतदान नगरी बाटो लागेका हुन्।
भरतपुरमा जारी महाधिवेशन अति नै भद्रगोल तरिकाले भइरहेको छ । निर्वाचन हुनु अघिसम्म पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको थिएन।
महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना उम्मेदवार छन् । विद्युतीय मतपेटिकामा भोट खसेकाले चाँडै मतपरिणाम आउने अपेक्षा ५ । त्यसपछि पदाधिकारी पदका लागि दोस्रो चरणको मतदान तय गरिएको छ।
यता केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरुले निर्वाचनमा षड्यन्त्र भएको आरोप लगाएका छन् ।
उनीहरूले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् । रास्वपामा नेतृत्व चयनका लागि बुधबार मध्यरातदेखि मतदान भएको थियो ।
उम्मेदवारको क्रम संख्या,क्लस्टर,वर्णानुक्रम तलमाथि पारिएको आरोपसँगै राति नै आफू निकटहरूलाई जिताउन विभिन्न उपाय अपनाइएको आरोप आएको थियो ।
पार्टीमा अन्य दलको झैँ गुट-उपगुट निषेध हुने भनिएको थियो । तर वरिष्ठ नेता बालेन शाह पक्षले चिट नै बाँडेको पाइएको छ।
बालेन पक्षले मध्यराति सूची बाँडेको कुरा बाहिरिएको थियो । बिहीबार बिहान अर्को पक्षका उम्मेदवारको क्रम संख्या र वर्णानुक्रम बिगारेर भोटिङ मेशिनमा अपलोड गरेको आरोप पनि लगाएको थियो । ज्वाला संग्रौला र आशिका तामाङसहितको आक्रोश चुलिएको छ।



कागजपत्र |
