
सिराहा र सल्यानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं– सल्यानको शारदा नगरपालिका-२ जोगीदेउ खोलास्थित सडकमा थापगाउँबाट श्रीनगरतर्फ आउँदै गरेको लु.प्र.०२-००१ ख ०५९९ नम्बरको बसबाट लडेर बसमा सवार शारदा नगरपालिका-४ बस्ने ४३ वर्षीय राजु बस्नेतको सोमबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाको भगवानपुर गाउँपालिका-२ गमहरियास्थित सडकमा सप्तरीबाट बारातर्फ जाँदै गरेको म.प्र-०३-००७ प ८५४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ७० वर्षीय सर्जु यादवको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
